शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

राष्ट्रियसभामा ओली र प्रचण्ड कस्को बहुमत (हेर्नुस नामावली)

राष्ट्रियसभामा ओली र प्रचण्ड कस्को बहुमत (हेर्नुस नामावली)

  • मिडिया डबली
  • आइतवार, पौष १२ २०७७

  • 12.5K
    SHARES

  • राष्ट्रियसभामा ओली र प्रचण्ड कस्को बहुमत (हेर्नुस नामावली)

    काठमाडौं – रष्ट्रिय सभामा अहिले ५९ जना सांसद छन् । यसमध्ये कांग्रेसका ६ जना सांसद छन् । मनोनीत सांसद तीनजना छन् । तीनजना जसपाका सांसद छन् । त्यस्तै, अध्यक्ष र उपाध्यक्षलाई समेत जोड्ने हो भने नेकपाका ४७ सांसद छन् । नेकपा विभाजित भएकाले राष्ट्रिय सभामा प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल समूह देखिनेछ ।

    नेकपाका ४७ सांसदमध्ये आफ्नो समूहमा २४ जना रहेको प्रचण्ड–नेपाल पक्षको दाबी छ । प्रचण्ड–नेपाल समूहमा २२ सांसद भए विपक्षीहरूको राष्ट्रिय सभामा बहुमत हुनेछ । प्रचण्ड–नेपाल समूहमा शशिकला दाहाल, खिमकुमार विक, जीवन बुढा, नारायणकाजी श्रेष्ठ, दीनानाथ शर्मा, महेशकुमार महरा, विना पोखरेल, राधेश्याम पासवान, हरिराम चौधरी, मायाप्रसाद शर्मा, तारामान स्वाँर, जगप्रसाद शर्मा, गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, नन्दा चपाईं, पर्शुराम मेघी गुरुङ, शेरबहादुर कुँवर, सिंहबहादुर विश्वकर्मा, बेदुराम भुसाल, शारदादेवी भट्ट, इन्दु कडरिया, शान्तिकुमार अधिकारी जिसी रहेका छन् ।

    त्यस्तै, ओलीको पक्षमा गणेशप्रसाद तिमल्सिना (अध्यक्ष), अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, खिमलाल भट्टराई, चक्रप्रसाद स्नेही, देवेन्द्र दाहाल, इन्दिरादेवी गौतम, दीपा गुरुङ, दिलकुमारी रावल, नरपति लुवार, नैनकला ओझा, भैरवसुन्दर श्रेष्ठ, रामचन्द्र राई, रामबहादुर थापा, रामलखन चमार, सुमित्रा बिसी, विमला घिमिरे, सुमनराज प्याकुरेल, गोपाल भट्टराई, चन्द्रबहादुर खड्का, तुलसाकुमारी दाहाल, भगवती न्यौपाने छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend