शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

गोकुल बाँस्कोटाको गृहजिल्लामा कांग्रेसप्रति आकर्षण बढ्यो, सयौं युवाहरू कांग्रेसमा प्रवेश

गोकुल बाँस्कोटाको गृहजिल्लामा कांग्रेसप्रति आकर्षण बढ्यो, सयौं युवाहरू कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • शनिवार, पौष ११ २०७७

  • 8.1K
    SHARES

  • गोकुल बाँस्कोटाको गृहजिल्लामा कांग्रेसप्रति आकर्षण बढ्यो, सयौं युवाहरू कांग्रेसमा प्रवेश

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेर पनि पूर्व मन्त्री गोकुल बाँस्कोटाले गृहजिल्ला काभ्रेपलाञ्चोकमा विकास गर्न नसकेपछि जिल्लाबासीहरू कांग्रेसतिर आकर्षित हुन थालेका छन् ।

    शनिबार काभ्रे जिल्लाका सैयौं युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका पूर्व सांसद तीर्थ लामा र नेत्री पवित्रा लामाले शनिवार काभ्रे जिल्लाका सैयौं युवाहरूलाई नेपाली कांग्रेसमा प्रवेश गराएका छन् ।

    नेता तीर्थ लामाले आफ्नै निवासमा कार्यक्रमको आयोजना गरेर युवाहरूलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।

    नवप्रवेशीलाई स्वागत गर्दै पूर्व सांसद तीर्थ लामाले युवाहरूको जमात कांग्रेसमा आएको देख्दा खुसी लागेको बताए । देशको प्रगति र विकासका लागि नेपाली कांग्रेसमा प्रवेश गरेका युवाहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आशा लामाले राखेका छन् ।

    ‘जुन सदस्यता नेपाली कांग्रेसले युवाहरूलाई दियो, त्यो देश र समाजप्रतिको दायित्वको लागि हो । त्यो युवाहरूले इमान्दारीपूर्वक जिम्मेवारी गहन गर्दै पूरा गर्नुपर्छ,’ उनले भने ।

    कार्यक्रममा नेत्री पवित्रा लामाले अबको विकल्प नेपाली कांग्रेस रहेको बताइन् । ‘लोकतन्त्रको जग नेपाली कांग्रेस हो । युवाहरूलाई नेपाली कांगेसले प्रोत्साहन गरी अगाडि लैजाने र देशलाई युवा नेत्रीत्वमा हस्तान्तरण गर्नेछ । सरकारको बागडोर अब नेपाली कांग्रेसले सम्हाल्ने छ,’ उनले भनिन् ।

    युवाहरूले निजी स्वार्थ विना देश र समाजको निम्ति लाग्नुपर्ने अहिलेको आवश्यकता रहेको समेत लामाले औंल्याइन् । नेत्री पवित्रा लामा, अग्रज नेता शेरबहादुर लामा, युवा नेता दावा लामा, वडाध्यक्ष सुरेशकुमार लामालगायत वरिष्ठ नेताहरूको उपस्थितिमा काभ्रेका सैयौं युवाहरू नेपाली कांग्रेसमा प्रवेश छन् ।

    अबको विकल्प नेपाली कांग्रेस रहेको भन्दै लगातार विभिन्न जिल्लाबाट नयाँ पुस्ताका युवाहरू धमाधम कांग्रेस प्रवेश गरिरहेकोमा नेपालीहरूले खुसी व्यक्त गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend