काठमाडौं - यतिबेला प्रधानमन्त्री केपी ओली निरंकुश ढंगले अघि बढेका छन् । न्यायालय, सेना, प्रहरी, अख्तियार सबैमा आफ्नो पकड बनाएपछि देशमा अधिनायकवादी शासन शैलीअनुसार सत्ता चलाउने उनको सपना छ ।
उनको त्यो सपनालाई पूरा नदिने भनेको शक्ति नेपाली कांग्रेस मात्रै हो । तर, नेपाली कांग्रेस आफैं अन्योलमा परेको छ ।
ओलीको कदमलाई असंवैधानिक ठहर गरेको कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापनालाई सशक्त बनाउन चाहेको देखिन्न । यसले सबैभन्दा ठूलो घाटा कांग्रेसले चुनावमा बेहोर्नुपर्ने राजनीतिक विश्लेषकहरू बताउँछन् । किनभने ओलीले संविधानमाथि कू गरेकै हुन् । उनले कू गरेको प्रमाणित गरेर चुनावमा जाँदा कांग्रेसलाई जनताले पत्याएर मत दिने विश्लेषकहरूको भनाइ छ ।
तर अहिले ओलीले चुनाव घोषणा गरिहाले, नेकपा फुटिहाल्यो भनेर चुनावमा जाँदा कांग्रेसलाई नैतिक रूपमा अप्ठेरो पर्ने देखिन्छ । किनभने कम्युनिस्टको भर हुन्न । उनीहरू खान पाउँदा मिल्ने र नपाउँदा छुट्टिने अनि एकले अर्कोलाई गालीगलौज मात्र होइन, गद्दारसमेत भन्न पछि पर्दैनन् । त्यसलै शत्रु नै भए पनि छिमेकीको घरमा आगो लाग्यो भने ताली पिटेर रमाउने गल्ती गर्नु हुन्न ।
आफ्नो घर जोगाउनका लागि पनि छिमेकीको घरको आगो निभाउनुपर्छ । यतिबेला नेपाली कांग्रेसले निर्वाह गर्नुपर्ने कर्तव्य यही हो । मुख्य कुरा देशको स्वार्थ हेर्ने हो, त्यसपछि लोकतन्त्रको स्वार्थ हेर्ने हो, अनि मात्रै पार्टीको स्वार्थ हेर्नुपर्ने बताइन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।