शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

प्रचण्डलाई आपत्, पूर्व माओवादीका तीन जना ओलीको मन्त्री बने

प्रचण्डलाई आपत्, पूर्व माओवादीका तीन जना ओलीको मन्त्री बने

  • मिडिया डबली
  • शुक्रवार, पौष १० २०७७

  • 3.2K
    SHARES

  • प्रचण्डलाई आपत्, पूर्व माओवादीका तीन जना ओलीको मन्त्री बने

    काठमाडौं – प्रतिनिधि सभा विघटन गरेसँगै सात मन्त्रीले राजीनामा दिएपछि आज प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। नयाँ मन्त्रीहरुको आजै राष्ट्रपति निवास शितल निवासमा सपथ ग्रहण हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मिडियाडबलीलाई जानकारी दिए।

    प्रतिनिधि सभा विघटनपछि ओली सरकारमा रहेका सात जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए। उनीहरु पुष्पकमल दाहाल–माधव नेपालका हुन्। आज प्रभु साह, टोपबहादुर रायमाझी र मणि थापा मन्त्री बन्न लागेका हुन्। उनीहरु तीनै जना पूर्व माओवादी हुन्।

    बालुवाटार स्रोतका अनुसार साह श्रममन्त्री, रायमाझी उर्जामन्त्री, थापा पर्यटनमन्त्री बन्न लागेका हुन्। साह केही हिजोसम्म प्रचण्ड नेपाल समूहको बैठकमा सहभागी थिए। प्रधानमन्त्रीले आज उनीहरुसहित आठ जना मन्त्री थप्न लागेको बताइएको छ। आज साँझ आठ बजे मन्त्रिपरिषदको बैठकमा नयाँ मन्त्रीहरुलाई पनि सहभागी गराउने तयारीमा ओली छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend