शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

अविश्वास प्रस्ताव दर्तापछि भर्खरै कांग्रेसको आकस्मिक बैठक बस्दै

अविश्वास प्रस्ताव दर्तापछि भर्खरै कांग्रेसको आकस्मिक बैठक बस्दै

  • मिडिया डबली
  • शुक्रवार, पौष १० २०७७

  • 6.0K
    SHARES

  • अविश्वास प्रस्ताव दर्तापछि भर्खरै कांग्रेसको आकस्मिक बैठक बस्दै

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आकस्मिक बोलाएको छ ।

    कांग्रेसको बागमती प्रदेशसभा दलको बैठक अहिले ४ बजे बस्दैछ ।

    नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।

    अविश्वासको प्रस्ताव दर्तासँगै उत्पन्न राजनीतिक घटना क्रमबारे छलफल गर्न आजै शुक्रवार ४ बजे बैठक बोलाइएको बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँले बताएका छन् ।

    प्रदेशसभामा प्रचण्ड–माधव पक्षका ४५ सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध शुक्रवार बिहान नै प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

    नेकपा फुटेपछि एकअर्कालाई सिध्याउन अनेक खेल भइरहेका छन् । राजधानी काठमाडौंमै पनि ओली र प्रचण्ड–नेपाल समूह खुला विवाद गरिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend