शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images
राजनीतिक विशेष

ओलीको एकै झड्कामा प्रचण्ड र माधव नेपाल सडकमा

ओलीको एकै झड्कामा प्रचण्ड र माधव नेपाल सडकमा

  • मिडिया डबली
  • शुक्रवार, पौष १० २०७७

  • 5.2K
    SHARES

  • ओलीको एकै झड्कामा प्रचण्ड र माधव नेपाल सडकमा

    काठमाडौं - प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेको निर्णयविरुद्ध नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झनाथ खनालसहितका नेताहरू सडक प्रदर्शनमा उत्रेका छन् ।

    उनीहरूले शुक्रबार बिहानैदेखि माइतघर मण्डलामा सडकमा बसेर धर्ना दिएका छन् । अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले छातीमा ‘हामी यहाँ छौं’ लेखेर टाँसेका छन्। उनीहरू कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन्।

    प्रतिनिधिसभा भंग गर्नु असंवैधानिक भएको ब्यानरमा लेखिएको छ। प्रदर्शनमा सहभागीहरूले ‘प्रतिनिधिसभा विघटन खारेज गरु, ‘संवैधानिक कू मान्दैनौं’ जस्ता नारा लगाएका छन्।

    नेकपाले बिहीबार प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय परिचालन टोली गठन गरेको थियो । सरकारको निर्णयविरुद्ध प्रचण्ड नेपाल समूहको नेकपाले काठमाडौं उपत्यकामा दैनिकजसो प्रदर्शन गर्ने निर्णय गरेको छ ।

    उसले एक हप्ते विरोध प्रदर्शनको निर्णयसमेत गरेको छ । आजै प्रचण्ड नेपाल समूह निर्वाचन आयोग र सर्वोच्च अदालतमा पार्टीको आधिकारिकता र चुनाव चिन्हको दाबेदारी प्रस्तुत गर्न जाँदैछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend