काठमाडौं - प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पुस १३ गते देशभर प्रदर्शन गर्ने भएको छ । १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कांग्रेसको निर्णयपछि नेपाल तरुण दलले सो दिनको आन्दोलनलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै ७७ जिल्ला कार्यसमितिलाई विरोध प्रदर्शन सशक्त बनाउन निर्देशन दिएका हुन् ।
‘केपीओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंबैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा नेपाली काँग्रेस पार्टीले यहि २०७७ पुस १३ गते सोमबार १६५ संघिय निर्वाचन क्षेत्रमा क्षेत्रिय कार्यसमितिको आयोजनामा एकसाथ विरोध प्रदर्शन गर्ने भएको जानकारी गराउंदै उक्त विरोध प्रदर्शनलाई भव्य, व्यवस्थित, शान्तिपूर्ण र प्रभावकारी बनाउन त्यस जिल्ला समितिले पार्टी संघ समन्वय गरी जिल्लाका सम्पूर्ण क्षेत्र, महानगर, नगरपालिका, गाउँपालिका एवं वडा तहका समितिहरुलाई व्यापक परिचालन गर्नरगराउन निर्देशन गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
साथै तरुण दलले पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भएकोले पार्टीले आयोजना गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न जिल्ला समितिलाई निर्देशन पनि गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।