शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

देशैभर बढ्यो चिसो : कर्णाली नदी नै जम्यो

देशैभर बढ्यो चिसो : कर्णाली नदी नै जम्यो

  • मिडिया डबली
  • शुक्रवार, पौष १० २०७७

  • 4.9K
    SHARES

  • देशैभर बढ्यो चिसो : कर्णाली नदी नै जम्यो

    काठमाडौं – देशभरको तापक्रम घटेको छ। चिसोको कारण हुम्लामा कर्णाली नदीको पानी जमेको छ। हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनको सीमा क्षेत्र हिल्साको कर्णाली नदी नै जमेको हो। नदीको पानी चिसोले जम्दा हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ।

    चिसो अत्यधिक बढेको हिल्सामा हाल तापक्रम घटेर माइनस १५ डिग्री सेल्सियस पुगेको छ। नाम्खा–५ हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेको सशस्त्रका इन्चाजै प्रहरी निरीक्षक सुरज केसीले जानकारी दिए। नदीको पानी बरफ बन्दा नदी नै सेताम्मे देखिन थालेको। पानी जमेकाले बरफमाथिबाटै नदी वारपार गर्न सकिने भएको छ।

    चिसोका कारण नाकामा बस्दै आएका सशस्त्र प्रहरी र घर कुरुवा व्यक्तिहरुलाई बाहिर निस्किनसमेत समस्या भएको केसीले बताए। अत्यधिक चिसो बढेपछि खानेपानीको धारामा समेत पानी जम्न थालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १० २०७७०८:५९:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend