काठमाडौं – प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका सबै केन्द्रीय सदस्य आज (शुक्रबार) निर्वाचन आयोग र सबै ‘सांसद’ सर्वोच्च अदालत जाँदै छन्। बिहीबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको नेकपा (प्रचण्ड–नेपाल समूह) स्थायी समिति बैठकले अहिले बिहान १० बजे सबै केन्द्रीय सदस्य निर्वाचन आयोग र मध्याह्न १२ बजे सबै सांसद सर्वोच्च अदालत जाने निर्णय गरेको हो।
‘सर्वोच्च अदालत र निर्वाचन आयोगमा सबै जना उपस्थित भएर बहुमत सदस्य हामी एक ठाउँमा छौं भनेर देखाउने निर्णय भएको छ,’ बिहीबारको स्थायी समिति बैठकपछि स्थायी समिति सदस्य भीम आचार्यले भने, ‘हाम्रोतर्फ रहेका सबै सांसद शुक्रबार १० बजे सर्वोच्च अदालत र केन्द्रीय सदस्य दिउँसो १२ बजे निर्वाचन आयोग जाने निर्णय भएको छ।’
बहुमत र हस्ताक्षरबारे पनि कुनै शंका नहोस् भनी त्यसो गर्न लागिएको उनले बताए। आधिकारिक पार्टी आफू भएको दाबी गर्न आयोग र संसद् जीवित छ भनेर देखाउन सर्वोच्च अदालत जाने निर्णय गरिएको प्रचण्ड(नेपाल नेतृत्वको नेकपाले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।