आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीलाई तनहुँ आएर चुनाव लड्न रामचन्द्र पौडलको चुनौती

केपी ओलीलाई तनहुँ आएर चुनाव लड्न रामचन्द्र पौडलको चुनौती

  • मिडिया डबली
  • शुक्रवार, पौष १० २०७७

  • 4.0K
    SHARES

  • केपी ओलीलाई तनहुँ आएर चुनाव लड्न रामचन्द्र पौडलको चुनौती

    काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तनहुँमा चुनाव लड्न आउन भनेका छन्। योहो टेलिभिजनमा  अन्तर्वार्ता दिने क्रममास् प्रधानमन्त्री ओलीले पौडेल चुनावको पक्षमा नदेखिनुको कारण तनहुँमा निर्वाचन हार्ने भएको भनेका थिए।

    साथै प्रधानमन्त्री ओलीले नेता पौडेल क्रान्तिकारी देखिन खोजेको र अब कांग्रेस महाधिवेशनबाट सभापति बन्न पनि सुझाव दिएका थिए। नेता पौडेलले आज केन्द्रीय कार्यसमितिमा बैठकपछि पत्रकारहरूसँग बोल्दै प्रधानमन्त्री ओलीलाई तनहुँमा चुनाव लड्न आउन पनि आग्रह गरेका छन्।

    ‘म पाँचपटक चुनाव जितेको मानिस हुँ। अब चुनावमा तनहुँ आउनुस् अरूलाई नपठाउनू। म तपाईंसँग चुनाव लड्न तयार छु,’ उनले भने। आफूसँग तनहुँमा प्रतिस्पर्धा गर्न आउन पनि पौडेलले प्रधानमन्त्री ओलीलाई ‘निम्तो’ दिएका छन्। प्रधानमन्त्री ओलीले गत आइतबार प्रतिनिधिसभा भंग गरेका थिए।

    उक्त कदम असंवैधानिक भएको भन्दै कांग्रेसले पुस १३ मा देशैभर आन्दोलन गर्दैछ। प्रधानमन्त्री ओली र पौडेलबीच पछिल्लो समय सम्बन्ध राम्रो छैन। तनहुँमा पुल उद्घाटन गर्न जाँदा नेकपा कार्यकर्ताले अवरोध गरेको पौडेलले बताएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend