शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

चुनावको तयारीमा गृहजिल्ला पुगे कांग्रेसका यी नेता, ‘अब चुनाव आइसक्यो’

चुनावको तयारीमा गृहजिल्ला पुगे कांग्रेसका यी नेता, ‘अब चुनाव आइसक्यो’

  • मिडिया डबली
  • बिहिवार, पौष ९ २०७७

  • 4.9K
    SHARES

  • चुनावको तयारीमा गृहजिल्ला पुगे कांग्रेसका यी नेता, ‘अब चुनाव आइसक्यो’

    काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा संसद विघटनविरुद्ध आन्दोलन मात्रै गर्ने कि चुनावको तयारीमा केन्द्रित हुने भन्ने बहस विवादमै रहेका बेला पार्टीका एक जना केन्द्रीय सदस्य चुनावको तयारीका लागि गृहजिल्ला पुगेका छन् ।

    कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँद निर्वाचनको तयारीका लागि गृहजिल्ला पुगेर निर्वाचन क्षेत्रमा खटिएका छन् । उनले गृहजिल्ला पुगेर पार्टी पंक्तिलाई चुनावको तयारीमा लाग्न समेत निर्देशन दिएका छन् ।

    केन्द्रीय कार्यसमितिमा बैठकमा चुनावमा जानुपर्ने धारणा राखेर गृहजिल्ला कञ्चनपुर पुगेका नेता साउँदले बिहीबार आफ्नो निर्वाचन क्षेत्र कृष्णपुर नगरपालिकामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चालेको कदम संवैधानिक हो वा असंवैधानिक हो भन्ने निरुपण गर्ने अन्तिम निकाय अदालत भएकाले यसमा हामीले विवाद गर्न नहुने तर्क गरेका छन् । अदालतको निर्णय प्रजातान्त्रिक पार्टी कांग्रेसले शिरोधार्य गर्ने उनले बताए ।

    ‘अब चुनाव आइसक्यो भनेर बुझ्नुभएन भने हाम्रो बुझाइ गलत हुनेछ,’ नेता साउँदले भने, ‘अब अदालततिर र काठमाडौंतिर ज्यादा हेर्नुभयो, आफ्नो बस्तीतिर ज्यादा हेर्नुभएन भने हाम्रो बुझाइ गलत हुनेछ । जुनसुकै प्रतिकूल परिस्थितिका लागि पनि कांग्रेसका सम्पूर्ण साथीहरू तयार अवस्थामा रहनुपर्छ । चुनावको मैदानबाट कांग्रेस भाग्न सक्दैन ।’

    उतिबेला निर्वाचनमा २ पार्टी मिलेर कांग्रेस हारेको बताउँदै नेता साउँदले भने, ‘अहिले २ पार्टी विभाजित भएका छन् । कांग्रेसले काम पनि गरेको छ र कमीकमजोरी पनि गरेको छ । क्षमा मागेर जनताका बीचमा जानुबाहेक अर्को कुनै उपाय छैन । आफ्नै हातले गल्ती भएको छ, त्यो सच्याउँ ।’

    नेता साउँदले पार्टीभित्रको अन्तर्घातमा पनि असन्तुष्टि जनाएका छन् । ‘अस्ती सभापति शेरबहादुर दाईले भन्नुभयो ६ हजार क्रियाशील सदस्य छन् । लगभग ३ हजारले कुनै न कुनै रूपमा भोट नदिएको कैफियत देखेको छु । यो क्रियाशीलको कथा हो । कसलाई कारवाही गर्ने ? यो बेथितिलाई हाम्रा साथीभाइले रोक्नुपर्छ । ठीक छ व्यवहार र नेतामा कमजोरी छ भने छलफल गरेर टुंग्याउँ । केही गुनासो छ भने निराकरण गरौं । अब एकबद्ध भएर अगाडि बढ्नुपर्छ,’ उनले भनेका छन् ।

    सदस्यता वितरणमा महिला, युवा र गरीबलाई महत्त्व दिनुपर्ने नेता साउँदले बताए । ‘चुनावका लागि पार्टीको सञ्जालमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता छ । यो काममा पार्टीका साथीहरू लाग्नुस्,’ नेता साउँदले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend