शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

कांग्रेस बैठक आज पनि : ओली सरकारविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गर्ने

कांग्रेस बैठक आज पनि : ओली सरकारविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गर्ने

  • मिडिया डबली
  • बिहिवार, पौष ९ २०७७

  • 4.2K
    SHARES

  • कांग्रेस बैठक आज पनि : ओली सरकारविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गर्ने

    काठमाडौं – तीनदिन यता जारी कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ। आजको बैठकले संसद विघटनविरुद्ध राष्ट्रिय एकता र मेलमिलाप दिवशको दिन देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गर्ने तयारी छ। बुधबार बसेको बैठकमा बोल्ने नेताहरुले संसद विघटनविरुद्ध सडकमा जान ढिलाइ गर्न नहुने धारणा राखेका थिए।

    असंवैधानिक कदम सच्याउन कांग्रेस आफ्नै बलबुताले सडकमा जानुपर्ने उनीहरुको भनाइ थियो। विरोधमा जाने कि केपी ओलीले संसद विघटनपछि घोषणा गरेको मध्यावधि निर्वाचनमा भाग लिन जाने भन्ने विषयले कांग्रेसमा चर्काे विवाद छ।

    सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको पक्षमा रहेको संकेत गर्दै निर्वाचनमा जानुपर्ने बताएका छन् भने, वरिष्ठ नेता रामचन्द्र पौडेल भने संसद विघटनको विरोधमा उत्रिन ढिला गर्न नहुने बताउँदै आएका छन्। पौडेललाई तनहुँमा चुनाव हार्ने डरले निर्वाचनमा नगई संसद विघटनको विरोधमा उत्रिनुपर्ने बताइरहेको आरोप पनि लाग्ने गरेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend