शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

कांग्रेस एक्लैले ओलीलाई तह लगाउँछ : रामशरण महत

कांग्रेस एक्लैले ओलीलाई तह लगाउँछ : रामशरण महत

  • मिडिया डबली
  • बिहिवार, पौष ९ २०७७

  • 6.1K
    SHARES

  • कांग्रेस एक्लैले ओलीलाई तह लगाउँछ : रामशरण महत

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको विरुद्ध सबै कांग्रेसी एक भएर उत्रिनुपर्ने बताएका छन्। उनले संसद विघटनजस्तो असंवैधानिक कदमको विरुद्ध कांग्रेस एक्लै उत्रिएर ओलीलाई तह लगाउने पनि दाबी गरे।

    महतले संसद भंग गर्न सिंगो कम्युनिष्ट पार्टीका नेताहरू नै सक्रिय रहेकोले यो वा त्यो खेमासँग सहकार्य गरेर भन्दा पनि कांग्रेस एक्लै विरोधमा उत्रिनुपर्ने बताएका हुन्। प्रधानमन्त्री ओलीले संविधानमै नभएको व्यवस्थाअनुसार प्रतिनिधिसभा संसद भंग गरेकोले सडकबाट प्रदर्शन गर्नुपर्ने महतको भनाइ छ।

    सोमबार कांग्रेसले राखेको सर्वदलीय बैठकमा नेकपा प्रचण्ड–माधव नेपाल खेमाका नेताहरूले ओलीको कदमविरूद्ध सहकार्य गरी प्रतिरोधमा उत्रिनुपर्ने प्रस्ताव अगाडि सारेका थिए। तर महतले प्रमुख प्रतिपक्षी दल कांग्रेस एक्लैले यसबारे प्रतिरोध गर्नुपर्ने बताएका हुन्। प्रधानमन्त्री ओलीको संविधानविपरीत कदमलाई जनताले साथ नदिने पनि उनको भनाइ छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend