काठमाडौं - रघुवीर महासेठ, पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेकपामा र उनकी श्रीमती जुलीकुमारी महतो केपी ओली नेकपामा भन्ने खबरले मंगलबार दिनभरि सनसनी मच्चायो ।
वामदेव गौतम निकट महासेठले ओली पक्ष किन छाडे होलान् भन्ने सबैलाई लागेको थियो । तर, पार्टी चोइटिएको भोलिपल्ट महासेठ प्रचण्ड कित्ता छाडेर ओली कित्तामा सामेल भएका छन् ।
महासेठ धनुषाका हुन् । उनी यसअघि एमाले र नेकपा सिंगो हुँदा वामदेव गौतम पक्षका नेता थिए । तर, वामदेव गौतम ओली र प्रचण्ड नेकपा कतै पनि खुलेका छैनन् ।
सोही कारण महासेठ पनि अन्योलमा थिए । स्रोतका अनुसार गौतमले आफू प्रचण्ड खेमामा नजाने संकेत गरेपछि महासेठ ओली पक्षमा लागेको बताइएको छ ।
एक दुई दिनमै वामदेव ओली नेकपामा सामेल हुने चर्चा चलेको छ । उनले अदालतको निर्णयपछि आफ्नो कित्ता क्लियर गर्ने सोच बनाएका छन् । जुनसुकै नेकपामा लागे पनि अब वामदेव प्रतिनिधिसभा निर्वाचन जित्न सक्ने अवस्थामा भने हुँदैनन् ।
ओली नेतृत्वको नेकपाले बुधबार जारी गरेको विज्ञप्तिमा महासेठलाई आफ्नै समूहको नेता तोकेर प्रदेश २ को प्रशिक्षणमा खटाएको छ । प्रदेश नम्बर २ मा ईश्वर पोखरेल, सत्यनारायण मण्डल र जुलीकुमारी महतो पनि तोकिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।