काठमाडौं – हिजोदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार हिजोको बैठककै निरन्तरता स्वरुप छलफलका लाग आज पनि बैठक बस्न लागेको हो। बैठक दिउँसो १ बजे बस्नेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा संसद विघटन गरेपछि उक्त घटनालाई लिएर सडक आन्दोलनमा जाने कि नजाने भन्ने नै कांग्रेस बैठकको मुख्य एजेन्डा हो। मंगलबार सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको कदम निरंकुश र असंवैधानिक भएकोले साथ दिन नसकिने बताएका थिए।
वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको भर पर्न नहुने भन्दै ओलीको कदमविरूद्ध प्रतिरोध गर्नुपर्नेमा जोड दिएका छन्। कांग्रेसमा ११७ जना केन्द्रीय सदस्य छन्। सबै केन्द्रीय सदस्यलाई धारणा राख्न समय दिइने कांग्रेसले जनाएको छ। यसकारण बैठक अझै केही दिनसम्म चल्नेछ।
प्रधानमन्त्री ओलीको कदमविरूद्ध सर्वोच्चमा रिट परेको छ। सर्वोच्चले के आदेश दिन्छ त्यो हेरेर मात्रै कांग्रेसले आगामी रणनीति तय गर्न लागेको छ। आज सर्वाेच्चमा दायर भएको रिटमाथि पनि सुनुवाई हुँदैछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।