आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कम्युनिस्टलाई भोट माग्ने अधिकार नै छैन, अब कांग्रेसले देश सम्हाल्छ : रामहरि खतिवडा

कम्युनिस्टलाई भोट माग्ने अधिकार नै छैन, अब कांग्रेसले देश सम्हाल्छ : रामहरि खतिवडा

  • मिडिया डबली
  • मंगलवार, पौष ७ २०७७

  • 8.6K
    SHARES

  • कम्युनिस्टलाई भोट माग्ने अधिकार नै छैन, अब कांग्रेसले देश सम्हाल्छ : रामहरि खतिवडा

    काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडाले संसद विघटन गर्ने कम्युनिस्टहरूलाई जनतामा गएर भोट माग्ने अधिकार पनि नभएको बताएका छन् ।

    नेपाली कांग्रेस नवलपरासी कावासोती नगरपालिका–१६ मा आयोजित प्रजातान्त्रिक सेनानी स्व. निमप्रसाद धरेलको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै नेता खतिवडाले कम्युनिस्टले अहिलेसम्म जितेर देशलाई केही दिन नसकेको बताए ।

    ‘२०५१ सालमा मनमोहन अधिकारीले जित्नुभयो, २०६४ सालमा अर्को चमत्कारी नेता प्रचण्डले जित्नुभयो, कम्युनिस्टको ४ जना प्रधानमन्त्री बने तर संविधान बनाउन सकेनन्,’ उनले भने, ‘कम्युनिस्टहरूले संविधानको बाटो नै परिवर्तन गरेर न्यायाधीशलाई जिम्मा लाएर जानुभयो । त्यस्तो ध्वस्त पारेको देशलाई मिलाएर कांग्रेसले २०७० सालमा जितेर संविधान बनायौं ।’

    २०७४ सालमा झण्डै दुईतिहाइ मत दिएर जनताले कम्युनिस्टलाई जिताए पनि कम्युनिस्टले संविधानको बलात्कार गरेको खतिवडाले बताए । ‘जनताले जिताए, त्यसको बदलामा महेन्द्रले संविधानको बलात्कार गरेको जसरी कम्युनिस्ट सरकारले बलात्कार गरेर संविधानमै नभएको संसद विघटन गर्दै देशलाई फेरि अस्थिरतातिर लगेको छ,’ नेता खतिवडाले भने, ‘यो कुरा कांग्रेसलाई मान्य हुँदैन । अब सबै प्रजातन्त्र प्रेमी शक्ति एक भएर निरंकुश शासन विरुद्धमा उभिएर देशलाई फेरि सही बाटोमा लैजानुपर्छ ।’

    कम्युनिस्टलाई सत्ताबाट परास्त गर्ने विकल्प ढिलोचाँडो चुनाव नै भएको खतिवडाले बताए । ‘यसको विकल्प चुनाव नै भएकाले ढिलोचाँडो गर्नु नै पर्छ, कम्युनिस्टहरूलाई कोभिड लागेकै हो, मुख खोलेर भोट माग्न जाने अवस्था छैन । मास्क लाएर गए पनि आफ्नो कर्तव्य भुलेकाले भोट माग्ने अधिकार समेत छैन । जनताहरूले चिन्ने नै छन्, कम्युनिस्टहरू भोट माग्न लायक पनि छैनन्, पत्तासाप हुनेछन् ।’

    आज कृष्णप्रसाद धरेलका बुवा बितेको १३ औं दिनमा यो कांग्रेस त्यो कांग्रेस नभनेर सँगसँगै साथसाथै हिँड्ने प्रतिज्ञा गर्न नेता खतिवडाले अनुरोध गरे ।

    कार्यक्रममा तरुण विभाग सचिव श्याम श्रेष्ठले संविधानमै नभएको संसद विघटन गर्दै कम्युनिस्टले देशलाई फेरि अस्थिरतातिर लगेको बताए । ‘यो कुरालाई कांग्रेसले मान्नु हुँदैन । देशभरका हामी सबै तरुणले खबरदारी गर्नुपर्छ अब पार्टी र देशको नेतृत्व गर्ने दोस्रो पुस्ता तपाईं–हामी नै हौं,’ उनले भने, ‘प्रजातन्त्र प्रेमी शक्ति हामी एक भएर यो निरंकुश शासन विरुद्धमा उभिएर देशलाई फेरि सही बाटोमा लैजानुपर्छ ।’

    132003639_422461355557639_7002604257360307237_n.jpg

    २०६२/६३ को जनआन्दोलनपछि पटक–पटक सत्तामा पुगेका कम्युनिस्टले देश र जनतालाई केही नदिएको उनले बताए । ‘आज आएर एमालेसँग विलय नै हुनु थियो भने माओवादीले १७ हजार मान्छे किन मारे ? के माले भन्ने पार्टी २०५२ सालमै थिएन र ? त्यतिबेलै मिलेको भए १७ हजार नेपालीले ज्यान गुमाउनु पर्थ्यो ?’ उनले सोधे । 

    नेपालका कम्युनिस्टहरू आफ्नो स्वार्थका लागि जे पनि गर्छन्, मान्छे मार्न पनि तयार हुन्छन् भन्ने कुरा कम्युनिस्टले प्रमाणित गरेको उनले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend