शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images
राजनीतिक विशेष

आजबाट नेकपा (ओली) र नेकपा (प्रचण्ड) छुट्टाछुट्टै ! यी हुन् प्रचण्ड छाडेर ओलीतिर लागेकाहरू

आजबाट नेकपा (ओली) र नेकपा (प्रचण्ड) छुट्टाछुट्टै ! यी हुन् प्रचण्ड छाडेर ओलीतिर लागेकाहरू

  • मिडिया डबली
  • मंगलवार, पौष ७ २०७७

  • 7.3K
    SHARES

  • आजबाट नेकपा (ओली) र नेकपा (प्रचण्ड) छुट्टाछुट्टै ! यी हुन् प्रचण्ड छाडेर ओलीतिर लागेकाहरू

    काठमाडौं -  आजदेखि नेपालमा नेकपा भन्ने पार्टी दुईवटा हुने भएको छ । प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपा र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेकपा ।

    ओली पक्षको केन्द्रीय समितिको बैठक बालुवाटारमा जारी छ । प्रचण्डले नेतृत्व गरेको नेकपाको केन्द्रीय समिति बैठक दिउँसो १ बजे बबरमहलमा बस्दैछ । दुवै पक्षले केन्द्रीय समिति बैठक राखेपछि नेकपा औपचारिक रूपमा विभाजनको बाटोमा पुगेको छ ।

    नेकपा विभाजन हुँदा सबैभन्दा घाटा ओलीलाई हुने भएको छ । उनले पूर्वएमाले सबैको साथ समेत पाउन सकेनन् । तर, प्रचण्डले पूर्वमाओवादी पक्षका एक÷दुईबाहेक पूर्वएमालेका हस्तीसमेत आफ्नो पक्षमा पारेका छन् ।

    प्रचण्डले धेरै कसरतपछि बादललाई आफ्नो खेमामा ल्याउने संकेत देखिएको छ । टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापाले प्रचण्डको साथ छाडेका छन् ।

    रायमाझीले साथ छाड्नुमा अर्घाखाँचीको राजनीति हो । यदि पूर्वएमालेले भोट नदिएमा रायमाझी अर्घाखाँचीमा पराजित हुने निश्चित छ । त्यही भएर उनले ओलीको दौरा समाएका हुन् ।

    भट्ट बहालवाला मन्त्री हुन् । उनी धनगढीमा सामन्तका रूपमा परिचित छन् । मणि थापा भने श्रीमतीको जागिर खुस्केला भनेर ओलीसँगै हिँडेका छन् ।

    उनकी श्रीमतीलाई ओलीले प्रधानमन्त्री कार्यालयमा नियुक्त गरेका छन् । तर, प्रचण्डले माधव नेपाल, झलनाथ खनाल मात्र होइन, घनश्याम भुसाल, योगेश भट्टराई, ठाकुर गैरे, रामकुमारी झाँक्रीसहित सयौंलाई आफ्नो पक्षमा लगेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend