काठमाडौं – सत्तारुढ नेकपा फुटको संघारमा छ। आज बस्ने दुई छुट्टा छुट्टै ठाउँमा बस्ने केन्द्रीय समितिको बैठकले नेकपा विभाजनको पक्का गर्नेछ। आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई र दाहालले ओलीलाई अध्यक्ष पदबाट हटाउनेछन्।
दाहाल पक्षले ओलीलाई कारबाही गरेपछि वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउनेछ। आज बिहान ९ बजे बालुवाटारमा बस्ने केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई अनुशासनहीन काम गरेको,आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्री विरुद्ध विपक्षीसँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्न खोजेको,पार्टी एकता विपरीत गतिविधि गरेको लगायतका आरोप लगाउँदै अध्यक्ष पदबाट हटाउने तयारी गरेको ओली निकट स्रोतले जनाएको छ ।
बैठकले अन्य केही नेतालाई पनि कारबाही गरेर निर्वाचन आयोगलाई जानकारी गराउने सम्भावना रहेको एक नेताले बताए । पार्टी एकता टुंगिन नपाउँदै प्रचण्डले एकता भंग गरेको अभियोगसहित निर्वाचन आयोगलाई जानकारी गराउने तयारी ओली पक्षको छ । प्रचण्ड–माधव नेपाल पक्षले भोलि दिउँसो बैठक राखेर ओलीलाई अध्यक्षबाट हटाउने तयारी गरेपछि ओली पक्षले साेमबार मात्रै अाजकाे लागि बैठक डाकेकाे हाे। अाेलीले बालुवाटारमै बैठक डाकेका छन भने प्रचण्ड नेपाल पक्षले कार्की बेंक्वीटमा बैठक डाकेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।