शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

प्रचण्डले ओलीलाई काठमाडौंमा कार्यक्रम गर्नै नदिने, जारी भयो सर्कुलर

प्रचण्डले ओलीलाई काठमाडौंमा कार्यक्रम गर्नै नदिने, जारी भयो सर्कुलर

  • मिडिया डबली
  • सोमवार, पौष ६ २०७७

  • 9.1K
    SHARES

  • प्रचण्डले ओलीलाई काठमाडौंमा कार्यक्रम गर्नै नदिने, जारी भयो सर्कुलर

    काठमाडौं -नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बागमती प्रदेश संगठन कमिटी, काठमाडौंमा केन्द्रको विवाद देखिएको छ ।

    नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद देखिएका बेला बागमती प्रदेश कमिटीमा पनि विवाद देखिएको हो ।

    बागमती प्रदेश कमिटीका सचिव आनन्द पोखरेलले पुस ७ गतेका लागि बैठक बोलाएपछि ईञ्चार्ज अष्टलक्ष्मी शाक्य र अध्यक्ष नारायण दाहालले बैठक बिथोल्न कुनै गतिविधि गरेका हुन् ।

    बामगती प्रदेशका केन्द्रीय सदस्य र प्रदेश सदस्यको जरुरी मिटिङ पुस ७ गतेका सचिव पोखरेलले काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा ११ बजेका लागि बोलाएका छन् ।

    सचिव पोखरेल नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली निकट मानिन्छन् । ईञ्चार्ज शाक्य वरिष्ठ नेता नेपाल र अध्यक्ष नारायण दाहाल दोस्रो वरीयताका अध्यक्ष प्रचण्ड निकट मानिन्छन् । नारायण दाहाल नाताले प्रचण्डका भाई समेत हुन् ।

    शाक्य र दाहालले सोमबार संयुक्त रुपमा सूचना जारी गरेर भनेका छन्, ‘बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेश सदस्यको जरुरी मिटिङ पुस ७ गतेका लागि रोयल बैंक्वेट, तिनकुनेमा ११ बजे बस्नेत भनि प्रदेश सचिव आनन्द पोखरेलको नाममा सूचना सम्प्रेषण भएको कुरा जानकारीमा आएकोले प्रदेशमा बैठक बस्ने कुनै पनि छलफल भएको छैन ।’

    ‘सोही दिन पार्टीको स्थायी कमिटीको निर्णयरअनुसार केन्द्रीय कमिटीको बैठक डाकिएको कुरा सर्वविदितै छ’, शाक्य र दाहालले भनेका छन् ।

    ‘आगामी दिनहरूमा प्रदेशका सबै विषयहरूको आधिकारिक जानकारी र सूचना प्रदेश ईञ्चार्ज अष्टलक्ष्मी शाक्य र अध्यक्ष नारायण दाहालको नामबाट मात्र आउने कुराको जानकारी गराउँदछौँ’, सूचनामा उल्लेख छ ।

    narayadahal.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend