काठमाडौं - प्रधानमन्त्री केपी ओलीलाई पार्टीले कारबाही गरेको लिखित पत्र निर्वाचन आयोग पुगेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमतका आधारमा प्रधानमन्त्री बनेका आलीलाई पार्टीबाट कारवाही गर्ने तयारी रहेको सूचना कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगलाई दिएका हुन्।
ओलीमाथि कारवाही गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय स्थायी कमिटी बैठकले गरिसकेकोबारे नेकपाको तर्फबाट निर्वाचन आयोगलाई लिखित जानकारी गराइएको हो ।
प्रधानमन्त्री ओलीले चाल्न सक्ने सम्भावित कदमलाई रोक्न कानून व्यवसायीसँगको परामर्शपछि प्रचण्ड माधव नेपाल पक्षले निर्वाचन आयोगलाई कारवाहीबारे जानकारी गराएको जनाइएको छ।
नेकपा केन्द्रीय कमिटी बैठक पुस ७ गते बोलाइएको छ । बैठकबाट ओलीमाथि कारवाही गर्ने तयारी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।