शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images
राजनीतिक विशेष

प्रचण्डले तारा झार्छु भनेपनि भोलि बंगारा झार्छन्, पूर्व एमाले एक हुनुपर्छ : केपी ओली

प्रचण्डले तारा झार्छु भनेपनि भोलि बंगारा झार्छन्, पूर्व एमाले एक हुनुपर्छ : केपी ओली

  • मिडिया डबली
  • सोमवार, पौष ६ २०७७

  • 6.4K
    SHARES

  • प्रचण्डले तारा झार्छु भनेपनि भोलि बंगारा झार्छन्, पूर्व एमाले एक हुनुपर्छ : केपी ओली

    काठमाडौँ- कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको भन्दै चुनावको तयारीमा जुट्न निकटस्थ नेताहरूलाई निर्देशन दिएका छन् ।

    उनले प्रतिनिधि सभाको विघटन आफ्नो रहर नभई बाध्यता भएकाले पुनर्स्थापना नहुने बताए । ओलीले पूर्व एमालेहरू फेरि एकजुट हुनुपर्ने अवस्था आएको पनि उल्लेख गरे ।

    सोमबार बालुवाटारमा आफू पक्षधर सांसदहरूको भेलालाई सम्बोधन गर्दै ओलीले चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् । ‘प्रतिनिधिसभा विघटन रहरले गरिएको होइन, पार्टी भित्रकै साथीहरू प्रतिपक्ष जस्तो भएपछि यो बाध्यात्मक अवस्था सिर्जना भएको हो,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना छैन, चुनावको तयारीमा लाग्नुस् ।’

    प्रधानमन्त्री ओलीले जनतासँग माफी माग्दै फेरि भोट दिन आग्रह गर्नुपर्ने बताए । सम्बोधनका क्रममा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक बेइमानी गरेको आरोप लगाए ।

    ‘हाम्रा साथीहरूलाई प्रचण्डले ललिपप देखाएर लगेका छन्, तारा झारिदिने आश्वासन दिएका छन्, तारा त त्यस्तै हो, भोलि बंगारा झारेर रोडमा पठाउँछन्, हेर्दै जानुहोला,’ ओलीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।

    भेलालाई पार्टी महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले सम्बोधन गर्दै सहमतिका लागि गरिएका प्रयास असफल भएपछि प्रतिनिधिसभा विघटनको बाध्यात्मक अवस्थामा जानु परेको उनले बताएका छन् । भेलामा पूर्व माओवादी पृष्ठभूमिका नेता लेखराज भट्ट समेतको सहभागिता रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend