काठमाडौं - दुई तिहाइ निकट बहुमतको सरकार सञ्चालन गर्न नसकेर प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीलाई नेकपाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दैछ ।
प्रतिनिधिसभा विघटन गरेर निधारमा कलंकको टीका लगाएका ओलीले पार्टीले कारबाही गर्ने निर्णय गरेपछि नयाँ पार्टी खोल्ने गृहकार्य थालेका छन् । प्रधानमन्त्री ओलीले आज आफू निकट सांसदहरूलाई बालुवाटारमा बोलाएका छन् ।
आइतबार राति नै ओलीले ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङलगायतसँग नयाँ पार्टी खोलने विषयमा छलफल गरेका थिए । स्रोतका अनुसार आज सांसदहरू सहमत भएमा नयाँ पार्टी गठनले मूर्तता पाउने छ ।
नयाँ पार्टी गठन गरेपछि नेकपाले कारबाही गरे पनि प्रधानमन्त्री पद सुरक्षित हुने बुझाई उनको छ । अहिले पनि आफूसँग ८० जनाभन्दा बढी सांसद रहेको र नयाँ पार्टी खोलेमा नेपाली कांग्रेससँग मिलेर सहमतिको सरकार चलाउने ओलीको तयारी छ ।
सोही कारण केही समयअघि ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग आठभन्दा बढी मन्त्रालय दिने प्रस्ताव गरेका थिए । तर, बहुमतको शक्तिशाली सरकारका प्रधानमन्त्री हुँदाहुँदै ओलीले प्रतिनिधिसभा विघटन गरेर आफ्नो राजनीतिक अवसान गरेको विश्लेषकहरूले बताउन थालेका छन् ।
यदि सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरिदिएमा ओलीले के गर्छन् ? कसरी अघि बढ्लान् ? भन्ने महत्वपूर्ण मानिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।