काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक डाकेको छ। सभापति शेरबहादुर देउवाले दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएका हुन्।
सरकारविरुद्ध कस्तो रणनीति बनाउने, संवैधानिक संकटको कसरी सामना गर्नेलगायतका विषयमा छलफल गर्न देउवाले सर्वदलीय बैठक बोलाएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। यसअघि हिजो बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाको संयुक्त बैठकले संसद विघटनको संयुक्त प्रतिवाद गर्ने निर्णय गरेको थियो।
बैठकमा संसद विघटनकाविरुद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी बनेको थियो। आजको बैठकमा सरकारले संसद विघटन गर्दागर्दै गरेका संवैधानिक निकायहरुको नियुक्तिलगायतका विषयमासमेत छलफल गरिने भएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।