शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

कांग्रेस सांसद दीव्यमणि राजभण्डारीलाई मातृशोक

कांग्रेस सांसद दीव्यमणि राजभण्डारीलाई मातृशोक

  • मिडिया डबली
  • आइतवार, पौष ५ २०७७

  • 6.4K
    SHARES

  • कांग्रेस सांसद दीव्यमणि राजभण्डारीलाई मातृशोक

    काठमाडौं - नेपाली कांग्रेसका सांसद दीव्यमणि राजभण्डारीलाई मातृशोक परेको छ। राजभण्डारीकी आमा टंककुमारी राजभण्डारीको शनिबार राति उपचारका क्रममा निधन भएको हो ।

    ९० वर्षीया टंककुमारी केही समयदेखि अस्वस्थ थिइन् । उनको ह्याम्स अस्पतालमा उपचार भइरहेको थियो । समाजसेवामा सक्रिय टंककुमारी द्वाल्खा गुठीका पूर्वअध्यक्ष थिइन् । द्वाल्खा गुठी दोलखाका नेवार समुदायको प्रभावशाली गुठी मानिन्छ ।

    टंककुमारीका दुई छोराहरु दीव्यमणि राजभण्डारी, दीपमणि राजभण्डारी र छोरीहरु उषामिलन कक्षपति, मुन्ना लाकौल, उदया राजभण्डारी छन् । स्वर्गीय टंककुमारीको आइतवार विहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष ५ २०७७०९:३७:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend