काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा प्रस्तोता रहेर माघ ७ गतेबाट प्रसारण हुने सामाजिक मुद्दामा आधारित टेलिभिजन कार्यक्रम ‘ऐना’को शीर्ष गीत सार्वजनिक भएको छ ।
शर्मा प्रस्तोता रहेको कार्यक्रम कान्तिपुर टेलिभिजनबाट हरेक बुधबार प्रसारण हुने जनाइएको छ ।
ट्विटरमा शीर्ष गीतको लिंक शेयर गर्दै शर्माले लेखेका छन्, ‘देशको विभिन्न भेगमा छायांकन गरिएको गीतले कार्यक्रमको विषयवस्तुबारे केही प्रस्ट्याउने छ । हेर्नुहुनेछ । सल्लाह–सुझाव दिनुहुनेछ । अपेक्षा साथ समर्पित छ यहाँहरूलाई ।’
बिहीबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्माण कम्पनी दि होराइजन मल्टिमिडिया प्रालिले २६ एपिसोडको कार्यक्रम ‘ऐना’ सामाजिक र मानवीय मुद्दालाई केन्द्रमा राखेर निर्माण गरिएको जानकारी दिएको थियो ।
देशका विभिन्न स्थानमा पुगेर घटना र पात्रहरूको मिहीन अवलोकन, घटनासँग सम्बन्धित व्यक्तिसँग स्टुडियोमा अन्तर्वार्ता तथा विज्ञ र सरोकारवालासँग छलफल गरी कुनै पनि विषयमाथिको सम्पूर्ण प्याकेजका रूपमा कार्यक्रम तयार हुने जानकारी दिइएको छ ।
हेर्नुहोस् गीतको भिडियो –
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।