आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शेरबहादुर देउवाको शरणमा पुगे डा. बाबुराम भट्टराई, यस्तो भयो सहमति

शेरबहादुर देउवाको शरणमा पुगे डा. बाबुराम भट्टराई, यस्तो भयो सहमति

  • मिडिया डबली
  • शनिवार, पौष ४ २०७७

  • 20.4K
    SHARES

  • शेरबहादुर देउवाको शरणमा पुगे डा. बाबुराम भट्टराई, यस्तो भयो सहमति

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्काे दादागिरी गरिरहेका बेला त्यसविरुद्ध एक हुन जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई सहितका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको शरणमा पुगेका छन् ।

    जसपाका शीर्ष नेता र देउवाबीच शनिबार भेटवार्ता भएको छ ।

    शनिबार जसपाका नेताहरू सभापति देउवासँग भेट गर्न देउवा निवास बूढानिलकण्ठ पुगेका थिए । शनिबार भएको छलफलमा देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. मिनेन्द्र रिजाल सहभागी थिए । जसपाका तर्फबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले सहभागिता जनाएका थिए ।

    नेताहरूबीच संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने समझदारी भएको जसपाका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले बताएका छन् ।

    लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड संक्रमण, आर्थिक संकट लगायत जनसरोकारको विषयमा संसदमा भएका प्रतिपक्ष दलबीच सहकार्य गरेर अघि बढ्ने समझदारी भएको पाण्डेले बताए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend