आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आन्दोलनरत उखु किसानको समर्थनमा उभिए रामचन्द्र पौडेल र रामहरि खतिवडा

आन्दोलनरत उखु किसानको समर्थनमा उभिए रामचन्द्र पौडेल र रामहरि खतिवडा

  • मिडिया डबली
  • शुक्रवार, पौष ३ २०७७

  • 7.7K
    SHARES

  • आन्दोलनरत उखु किसानको समर्थनमा उभिए रामचन्द्र पौडेल र रामहरि खतिवडा

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत वर्ष गरेको सहमति अनुसार भुक्तानी दिलाउन नसकेपछि तराईका उखु किसान आन्दोलन गर्न काठमाडौं आएका छन् ।

    वर्षाैंदेखि उखु बेचेको भुक्तानी नपाएपछि हैरान भएका किसानले आन्दोलन गरिरहँदा समेत ओली सरकारले भुक्तानी दिलाउन सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भुक्तानी नदिने उखु किसानलाई बचाउन नेताहरूकै फोन आउने गरेको बताए पनि नाम खुलाएका छैनन् । तर किसान भुक्तानी नपाएर आन्दोलन गरिरहेका छन् ।

    उखु किसानको समस्या र आन्दोलनलाई कम्युनिस्टले बेवास्ता गरिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू भने उखु किसानको आन्दोलनको समर्थनमा उभिएका छन् ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडा आन्दोलनमा सहभागी हुन काठमाडौंको माइतीघर मण्डला नै पुगेका छन् ।

    चिनी उद्योगले वर्षाैंसम्म उखुको भुक्तानी नदिएपछि गत आईतबारदेखि काठमाडौंको माइतीघरमा उखु किसानले ओली सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् । नेता पौडेल र खतिवडाले किसानसँगै धर्नामा बसेर उखु किसानको आन्दोलनमा समर्थन जनाएका छन् ।

    समाजवादउन्मुख राज्यमा किसानले उत्पादनको भुक्तानी नपाउनुपर्ने अवस्थाबारे नेता पौडेलले सरकारलाई प्रश्न गरेका छन् । ‘राज्यको यत्रो संयन्त्र हुँदाहुँदै कसरी उम्कन्छन् भुक्तानी नदिने व्यापारी ? त्यसैले कांग्रेस पनि किसानसँगै आन्दोलनमा सहभागी भएको छ,’ पौडेलले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend