काठमाडौं - सत्तारुढ नेकपामा उत्कर्षमा पुगेको विवाद मत्थर जस्तै देखिए पनि यसले भित्रभित्रै आकार लिइरहेको देखिएको छ ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले जिल्ला अध्यक्ष र सचिवहरुलाई काठमाडौं बोलाएको छ । आज प्रदेश १ का १४ जिल्लाका अध्यक्ष र सचिवहरुलाई काठमाडौंमा बोलाएर प्रधानमन्त्री केपी ओली पक्षको कार्यशैलीबारे छलफल गर्न लागेको हो ।
ओली गुटले मदन भण्डारी फाउन्डेसनको ब्यानरमा देशव्यापी कार्यक्रम, गोष्ठी र भेला गर्न थालेपछि प्रचण्ड नेपाल समूहले पनि यसलाई निरन्तरता दिने भएका हुन् ।
पेरिसडाँडामा हुने भेलामा केपी ओली इतर समूहका अध्यक्ष र सचिवहरु सहभागी हुने र उनीहरुलाई पार्टीभित्रको पछिल्लो अवस्थाबारे शीर्ष नेताले जानकारी गराउने एक केन्द्रीय सदस्यले बताए ।
प्रचण्ड नेपाल समूहले यसअघि बागमती प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुको भर्चुअल भेला समेत गरिसकेको छ । विवादास्पद संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीले आनाकानी गरिरहेको भन्दै आजको बैठकमा यसबारेमा सचिवालयका नेताहरुले आफ्नो पक्षको धारणा राख्ने भएका छन् ।
काठमाडौंमा आएका जिल्ला अध्यक्ष र सचिवहरुलाईै आफ्नो पक्षको रणनीतिबारे निर्देशन दिएर जिल्ला जिल्ला पठाउने तयारी प्रचण्ड पक्षको छ । प्रचण्ड नेपाल पक्षले सातै प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुको भेला क्रमशः काठमाडौं गर्ने छ ।
ओली गुटले जनताको बहुदलीय जनवादलाई केन्द्रीय विचार र सिद्धान्तको रूपमा व्याख्या गर्दैै तलतलसम्म लैजाने र प्रचण्डलगायत माओवादी पक्षका नेतालाई पार्टीबाटै लखेट्ने रणनीति अख्तियार गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।