बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

नेकपामा अर्काे उथलपुथल, ओलीले फेरि निहुँ खोजेपछि प्रचण्ड ‘फायर’

नेकपामा अर्काे उथलपुथल, ओलीले फेरि निहुँ खोजेपछि प्रचण्ड ‘फायर’

  • मिडिया डबली
  • बिहिवार, पौष २ २०७७

  • 9.0K
    SHARES

  • नेकपामा अर्काे उथलपुथल, ओलीले फेरि निहुँ खोजेपछि प्रचण्ड ‘फायर’

    काठमाडौं – संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति गरेका कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीबार साँझ बैठक बोलाएपछि नेकपाभित्र उथलपुथल मच्चिएको छ ।

    ओली हिजोको सहमति विपरीत हिँड्न खोजेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फायर भएका छन् । बालुवाटार पुगेर प्रचण्डले ओलीलाई कडा चेतावनी दिएको नेकपा स्रोतले जनाएको छ ।

    आज साँझ बोलाइएको संवैधानिक परिषद् बैठकमा प्रचण्ड पक्षीय नेता तथा सभामुख अग्नि सापकोटालाई नबोलाइएपछि प्रचण्ड रिसाएका छन् । ओलीले साँझ साढे ५ बजे परिषद्को बैठक बोलाएका छन् ।

    हिजोको सहमति विपरीत अध्यादेश फिर्ता नलिई ओलीले बैठक बोलाएपछि नेकपा विवाद फेरि चर्किने देखिएको छ । ओलीले बैठकमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई बोलाएका छन् ।

    देउवाले अध्यादेश फिर्ता नलिई बैठकमा सहभागी नहुने अडान दोहोर्‍याएका छन् । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend