काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार साँझको लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
संवैधानिक निकायमा नियुक्तिभन्दा पनि परामर्शका लागि बैठक बोलाइएको बालुवाटार स्रोतले जानकारी दिएको छ । ओलीले परिषद्को बैठक बोलाएको जानकारी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत दिएका छन्। देउवा भने अध्यादेश फिर्ता नभई बोलाइएको बैठकमा उपस्थित नहुने जानकारी दिएका छन् ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अध्यादेशमा टेकेर भएका वा हुने कुनै पनि निर्णय कांग्रेसलाई मान्य नहुने भएकाले बैठकमा सभापति देउवा उपस्थित नहुने बताए हुन् ।
पार्टीमा चर्को विवाद भएपछि बुधवार प्रधानमन्त्री ओलीले बुधवार स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता गर्ने बताएका थिए । परिषद्को बैठक साँझ साढे ५ बजेका लागि बोलाइएको छ । बेलुका ६ बजे मन्त्रिपरिषद्को बैठक पनि बस्दैछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।