काठमाडौं – संविधानविद् डा. भीमार्जुन आचार्यले दुई नेताको चोचोमोचो मिल्दा अध्यादेश नै आवश्यक नपर्ने भए कुन आवश्यकता र आपतकालीन अवस्थाका लागि यो जारी गरिएको थियो भनी प्रश्न उठाएका छन्।
‘दुई नेताको चोचोमोचो मिलेमा अध्यादेश आवश्यक नै नपर्ने भए हिजो कुन आवश्यकता र आपतकालीन अवस्थाका लागि यो जारी गरिएको थियो?’ राष्ट्रपतिको जवाफ माग गर्दै आचार्यले ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रपति र प्रधानमन्त्रीले यसको जवाफ दिनु पर्ने कि नपर्ने? संविधान, राज्यका निकाय र जनतामाथि यस्तो मजाक गर्ने अधिकार र सुविधा वहाँहरूले कहाँबाट प्राप्त गर्नुभयो?’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।