बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक विशेष

भर्खरै ओली–प्रचण्डबीच सहमति : युवराज खतिवडाको नियुक्ति बदरदेखि मन्त्रीहरू हटाउनेसम्म

भर्खरै ओली–प्रचण्डबीच सहमति : युवराज खतिवडाको नियुक्ति बदरदेखि मन्त्रीहरू हटाउनेसम्म

  • मिडिया डबली
  • बुधवार, पौष १ २०७७

  • 9.1K
    SHARES

  • भर्खरै ओली–प्रचण्डबीच सहमति : युवराज खतिवडाको नियुक्ति बदरदेखि मन्त्रीहरू हटाउनेसम्म

    काठमाडौं – बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको पछिल्लो छलफलमा सहमति भएको छ ।

    हप्तौंदेखि जारी नेकपा विवादमा ओली–प्रचण्डबीच सहमति भएको हो । भदौ २६ गतेको सहमतिमा फर्किने गरी ओली र प्रचण्डबीच सहमति भएको नेकपा स्रोतले जनाएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा भदौ २६ गतेयताका एकलौटी नियुक्ति खारेज गर्ने सहमति भएको स्रोतले जनाएको छ । यो सहमतिसँगै पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाउने निर्णय समेत खारेज हुने जनाइएको छ ।

    एकतर्फी गरिएका नियुक्ति खारेज गर्ने, मन्त्रिपरिषद् पुनर्गठन गर्ने र गल्ती कमजोरी सच्चाउने गरी सहमति जुटेको नेकपा स्रोतले जनाएको छ । सचिवालयमा पेश भएका प्रस्ताव खारेज गरेर नयाँ प्रस्ताव ल्याइने पनि सहमति भएको छ ।

    प्रचण्डले ओलीविरुद्ध लेखेर पार्टीमा प्रस्ताव दर्ता गराएका थिए । भदौ २६ गतेयता भएका र मिल्नेजति राजनीतिक नियुक्ति बदर गर्ने सहमति भएको स्रोतले जनाएको छ ।

    भदौ २६ गतेको स्थायी कमिटी बैठकले ओलीले सरकार सञ्चालन गर्ने र प्रचण्डले पार्टीको काम हेर्ने गरी सहमति भएको थियो । आजै बुधबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्न ओली सहमत भएपछि संसदको विशेष अधिवेशन बोलाउने प्रस्ताव फिर्ता गर्न प्रचण्ड, माधव नेपाल समूह सहमत भएको थियो ।

    भद्र सहमतिपछि नेकपा स्थायी कमिटी बैठक बसिरहेको छ । बैठकमा केपी ओली समेत सहभागी रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend