काठमाडौँ- करिब तीन घण्टा लामो विवाद र छलफलपछि बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच दुई पटकसम्मको छलफलपछि स्थायी कमिटी बैठक सुरु भएको हो।
दिउँसो १ बजे बस्ने भनिएको बैठक अपरान्ह ४ बजे सुरु भएको हो। यो बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी भएका छन्।
संघीय संसदको अधिवेशनको माग गर्दै नेकपा सांसदहरू निवेदन लिएर राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालय शीतलनिवास पुगेका थिए । नेकपामा ओलीइतर मानिने सांसद भीम रावल, पम्फा भुसाल सहितको टोली हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेको थिए ।
ओलीको इशारामा फटाफट अध्यादेश जारी गर्ने विद्या भण्डारीको कार्यालयमा प्रक्रिया अनुसार नेकपा सांसदले लगेर गएको निवेदन समेत दर्ता भएको छैन । मंगलबार राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि विवाद चर्किएको थियो।
नेकपा उच्च स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् । ओली प्रचण्डसामु लत्रक्कै झुक्न तयार भएको बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।