काठमाडौँ- करिब तीन घण्टा लामो विवाद र छलफलपछि बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच दुई पटकसम्मको छलफलपछि स्थायी कमिटी बैठक सुरु भएको हो।
दिउँसो १ बजे बस्ने भनिएको बैठक अपरान्ह ४ बजे सुरु भएको हो। यो बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी भएका छन्।
नेकपा उच्च स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् । बालुवाटारमा महासचिव विष्णु पौडेलसहित प्रचण्डसँगको वार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएको बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।