शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

प्रेमकुमार राईलाई अख्तियार प्रमुख बनाउने ओलीको तयारी

प्रेमकुमार राईलाई अख्तियार प्रमुख बनाउने ओलीको तयारी

  • मिडिया डबली
  • मंगलवार, मंसिर ३० २०७७

  • 4.3K
    SHARES

  • प्रेमकुमार राईलाई अख्तियार प्रमुख बनाउने ओलीको तयारी

     काठमाडौं – गणपुरक संख्याको झन्झटबाट मुक्त हुन र एकलौटी निर्णय गर्नको लागि संवैधानिक परिषद समम्बन्धी अध्यादेश ल्याएसँगै सम्बैधानिक निकायमा रिक्त रहेका पदपूर्तिको विषयमा चर्चा हुन थालेको छ। प्रधानमन्त्री केपी ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिक्त प्रमुख आयुक्तमा प्रेमकुकार राईलाई सिफारिसको गरेको बुझिएको छ।

    नेपाल सरकारका पूर्व सचिव राई केपी ओली निकटका हुन्। लामोसमयदेखि अख्तियार प्रमुख आयूक्त रिक्त छ। अख्तियारमा नविन घिमिरेले अवकाश पाएसँगै रिक्त भएको पदमा राईलाई सिफारिस गर्न लागिएको हो। आज साँझ बसेको बैठकमा छलफल गरेपनि कुनै सिफारिस भने हुन सकेन। मंगलबार बिहान बोलाइएको परिषद्को बैठक सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि स्थगित भएको थियो।

    सभामुख लगातार दुई बैठकमा अनुपस्थित भएसँगै सरकारले गणपुरक व्यवस्था परिमार्जनका लागि अध्यादेश जारी गरेको थियो। तत्काल कायम रहेका सदस्यको बहुमत सदस्य उपस्थित भएमा गणपुरक संख्या पुग्नेगरि अध्यादेश जारी भएको हो। उक्त अध्यादेशको चौतर्फी विरोध भइरहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर ३० २०७७०८:३८:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend