काठमाडौं – मन्त्रिपरिषदमा छलफल नै नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष सिफारिस गरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेसँगै सत्तारुढ नेकपाभित्रको विवादले उग्र रुप लिएको छ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच अध्यादेशसँगै विवाद झन चर्किएको हो।
प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएसँगै नयाँ रणनीति तय गर्नका लागि दाहाल–नेपाल पक्षका नेताहरु प्रचण्ड निवास खुमलटारमा भेला भएका छन्।
नेकपाको नौ सचिवालय सदस्य मध्ये ओलीविरुद्ध पाँच सचिवालय सदस्यहरुको खुमलटारमा बैठक सुरु भएको छ।
माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु खुमलटार पुगेका छन् । माधव नेपाल भने बैठक स्थलमा केही बेरमा पुग्नेछन। उक्त भेलाले ओलीविरुद्ध नयाँ रणनीति तय गर्ने बताइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।