बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक विशेष

ओली असफल पार्ने प्रचण्डको अर्को ‘गेमप्लान’

ओली असफल पार्ने प्रचण्डको अर्को ‘गेमप्लान’

  • मिडिया डबली
  • मंगलवार, मंसिर ३० २०७७

  • 5.3K
    SHARES

  • ओली असफल पार्ने  प्रचण्डको अर्को ‘गेमप्लान’

    काठमाडौं - पार्टीभित्र देखिएको किचलो साम्य नभइकन प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् ।

    आजका लागि बोलाइएको परिषद् बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि जाने भएका छन् । तर, उपसभामुख चयन नभइकन परिषद्को बैठकमा सहभागी नहुन देउवामाथि पार्टीभित्रै दबाब बढेको छ ।

    यसैबीच, प्रधानमन्त्री ओलीले आजका लागि बोलाएको परिषद् बैठक नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्त्र प्रयोग गरेपछि अन्योलमा परेको छ । परिषद् सदस्य सभामुख अग्निप्रसाद सापकोटा सहभागी नहुने भएपछि परिषद् बैठक अन्योलमा परेको हो ।

    तर, सभामुख सापकोटाले समन्वय नभएको, गृहकार्य नपुगेको र पूर्वतयारी पनि नभएको भन्दै नजाने निर्णय भएको बताइएको छ। परिषद्को बैठकबारे सभामुख लगायतका सदस्यहरुसँग छलफल पनि नगरि बैठक बोलाएकाले सहभागी नहुने उनको सचिवालयले जनाएको छ ।

    प्रचण्डको सल्लाहअनुसार नै सभामुख सापकोटाले यस्तो निर्णय गरेको हुन सक्ने बताइएको छ । पार्टीका कार्यकारी अध्यक्षसँग नै सल्लाह नगरी ओलीले परिषद्को बैठक बोलाएर नियुक्तिको सिफारिस गर्न लागेको संकेत पाएपछि सभामुख सापकोटाले खोंचे थापेका हुन् ।

    विभिन्न संवैधानिक अंगमा अहिले ४५ पद रिक्त छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend