काठमाडौं – नेकपाको आन्तरिक विवादमा हस्तक्षपकारी भूमिका खेल्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन्। बालुवाटारबाट शितल निवास पुगेका ओलीले राष्ट्रपतिसँग तीन घण्टा छलफल गरे। सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आन्तरिक द्वन्द्व, संवैधानिक निकायमा नियुक्ति, संसद अधिवेशनलगायतमा विवाद चुलिएका बेला नेकपा अध्यक्षसमेत रहेका ओलीले राष्ट्रपति भण्डारीसँग लामो छलफल गरेका हुन्।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच सोमबार बिहान ११ बजेदेखि दुई बजेसम्म छलफल भएको थियो। प्रचण्ड र माधवकुमार नेपाललाई अब कसरी पेलेर जाने भन्ने विषयमा रणनीति बनाउन ओली शितल निवास गएका थिए। गत शुक्रबार पनि ओली र भण्डारीबीच नेकपाको विवादकै विषयमा छलफल भएको थियो।
नेकपामा ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच उनीहरुको कार्यविभाजन र क्षेत्राधिकारलाई लिएर चर्किएको विवाद पार्टी विभाजनको स्थितिसम्म पुगेको छ। ओलीले मगंलबार बिहान संवैधानिक परिषद् बैठक बोलाएका छन् भने नेकपाको स्थायी कमिटी बैठक बुधबारका लागि प्रस्तावित गरिएको छ।
पार्टीमा छलफल नै नगरी संवैधानिक परिषदको बैठक आह्वान गरेपछि ओलीविरुद्ध प्रचण्ड, नेपाल समक्ष उत्रिने भएको छ। भोलीको स्थायी कमिटिको बैठकमा ओलीमाथि गम्भीर प्रश्नका साथ प्रचण्डले प्रस्तावहरु पेश गर्ने तयारी गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।