शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

कम्युनिस्टविरुद्ध सडकमा उत्रिने सबैलाई सभापति देउवाको बधाई, थप संघर्ष गर्ने उद्घोष (पूर्णपाठ)

कम्युनिस्टविरुद्ध सडकमा उत्रिने सबैलाई सभापति देउवाको बधाई, थप संघर्ष गर्ने उद्घोष (पूर्णपाठ)

  • मिडिया डबली
  • सोमवार, मंसिर २९ २०७७

  • 5.2K
    SHARES

  • कम्युनिस्टविरुद्ध सडकमा उत्रिने सबैलाई सभापति देउवाको बधाई, थप संघर्ष गर्ने उद्घोष (पूर्णपाठ)

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका भ्रष्ट र निरंकुश गतिविधिविरुद्ध सडकमा उत्रिने सबैलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई दिएका छन् ।

    कांग्रेसको आह्वानमा सोमबार भएको देशव्यापी प्रदर्शन समापनपछि वक्तव्य जारी गर्दै सभापति देउवाले आगामी दिनमा थप संघर्ष गर्ने उद्घोष गरेका छन् ।

    यस्तो छ वक्तव्य –

    सर्वसत्तावादविरुद्ध व्यापक जनमत प्रकट ! पार्टीलाई नवीन उर्जा !
    देशव्यापी प्रदर्शनमा सहभागी सबैलाई विशेष बधाई !

    आज मंसिर २९ गतेका लागि निर्धारित देशव्यापी प्रदर्शनमा भएको व्यापक सहभागिताले वर्तमान कम्युनिष्ट सरकार र उसको सर्वसत्तावादी प्रवृत्ति विरुद्ध जनमत प्रकट गरेको छ । एक्काइसौं शताब्दीको नेपाली जनता लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको मुल मार्गबाटनै देशको भविष्य सुनिश्चित गर्न चाहन्छ भन्ने बलियो मत आज प्रकट भएको छ ।

    आजको प्रदर्शनले नेपाली कांग्रेस पार्टीलाई नवीन उर्जा प्रदान गरेको छ । यो उर्जालाई क्रमिक अभिवृद्धि गर्दै नेपाली कांग्रेस आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उद्घोष म गर्न चाहन्छु ।

    प्रदर्शनमा उत्साहपूर्वक सहभागी देशभरिका साथीहरूलाई म विशेष बधाई ज्ञापन गर्दछु । प्रदर्शनमा सहभागिता र शुभेच्छा राख्ने जनसमुदाय र प्र्रदर्शनको तयारीमा अहोरात्र खट्ने साथीहरूप्रति सम्मान प्रकट गर्दै समाचार प्रसारण मार्फत योगदान पुर्‍याउनु हुने देशभरिका सबै पत्रकार मित्रहरूमा धन्यवाद व्यक्त गर्दछु ।

    सामाजिक सञ्जाल मार्फत योगदान पुर्‍याउने विशेषतः युवा पंक्तिलाई बधाई र सम्मान व्यक्त गर्दछु । 
    जय नेपाल !

     शेरबहादुर देउवा 
     सभापति

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend