आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक विशेष

रामचन्द्र पौडेलको दनक, ओलीको कुशासनले देशमा प्रतिगामीले टाउको उठाए

रामचन्द्र पौडेलको दनक, ओलीको कुशासनले देशमा प्रतिगामीले टाउको उठाए

  • मिडिया डबली
  • बिहिवार, मंसिर २५ २०७७

  • 5.0K
    SHARES

  • रामचन्द्र पौडेलको दनक, ओलीको कुशासनले देशमा प्रतिगामीले टाउको उठाए

    काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारको कुशासनले आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने अवस्था सिर्जना भएको र देशमा प्रतिगामीले टाउको ठड्याउने मौका पाएको बताएका छन् ।

    ७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पौडेलले वर्तमान सत्ताको स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्रका कारण अनेकौ प्रश्न खडा हुन थालेको उल्लेख गरेका छन् ।

    ‘२०१७ सालमा नेपाली नागरिकको राजनीतिक स्वतन्त्रताको अपहरण पश्चात मानव अधिकार दिवस मनाउँदा समेत अनेकौ कठिनाइको सामना गर्नुपर्थ्यो । आज नेपालमा त्यो स्थिति नभएता पनि सत्ताको स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्रका कारण अनेकौ प्रश्न खडा हुन थालेको छ,’ उनले भनेका छन्, ‘एकातिर झण्डै दुई तिहाइको नेकपाको सरकारले मानव अधिकारको विश्वव्यापी घोषणापत्रद्वारा निर्दिष्ट नागरिकको राजनीतिक स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी केही विधेयकहरु अघि सारेको छ त, अर्कोतिर नेकपाको कुशासनका कारण नागरिकका आर्थिक सामाजिक अधिकारहरु ओझेलमा पर्न थालेका छन् ।

    एकातिर कुशासन र अव्यवस्थाका कारण नागरिकहरुमा आक्रोश बढ्न थालेको देखिन्छ अर्कोतिर इतिहासले विदा गरिसकेका असान्दर्भिक एवं प्रतिगामी मान्यता र चरित्रहरुले टाउको उठाउन थालेका छन् ।’

    प्रधानमन्त्री केपी ओलीको अकर्मण्यताका कारण नागरिकले ठूलो त्याग र संघर्ष पश्चात हासिल गरेको उपलब्धीहरुमाथि ग्रहण लाग्न थालेको हो कि भन्ने चिन्ताले सताउन थालेको उनको भनाइ छ ।

    ramchandrapaudel.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend