बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रचण्डका सहयोद्धा केपी ओलीका कट्टर समर्थक भएपछि खुमलटारमा तनाव, बालुवाटार ढुक्क

प्रचण्डका सहयोद्धा केपी ओलीका कट्टर समर्थक भएपछि खुमलटारमा तनाव, बालुवाटार ढुक्क

  • मिडिया डबली
  • बुधवार, मंसिर २४ २०७७

  • 6.4K
    SHARES

  • प्रचण्डका सहयोद्धा केपी ओलीका कट्टर समर्थक भएपछि खुमलटारमा तनाव, बालुवाटार ढुक्क

    शनिबारको सचिवालय बैठक र भोलिपल्ट वामदेवसहित पूर्वमाओवादीका अन्य नेताहरुसामु देखाइएको असली रुपपछि खुमलटारले रामबहादुर थापा ‘बादल’ बाट आश मरेको निश्कर्ष निकालेको छ ।

    अन्तिम समयमा बादलबाट धोका नहुने निश्कर्षविपरित बालुवाटारको पक्षमा खेलिएको भूमिकाले सम्भावित यु टर्नलाई सदाको लागि अन्त गरेको बताइन्छ ।

    तर, बालुवाटारले अनुमान र आशा गरेभन्दा उपाध्यक्ष वामदेवको भूमिका फरक देखिनुको पछाडि भने यसअघि प्रधानमन्त्री र उनको किचेन क्याबिनेटबाट पाएको धोखाधडी र अपमानलाई कारक मानिएको छ ।

    यसअघिका धेरैवटा राजनीतिक छालबाट केपी शर्मा ओलीलाई उम्काइदिएका गौतमले अहिले निभाएको भूमिकाको कारण फेरि एकपटक उनलाई गुमेको छवि उकास्ने अवसर प्राप्त भएको चर्चा छ ।

    कुनै बखत बालुवाटारले गौतमलाई प्रधानमन्त्री र पार्टी अध्यक्षको प्रस्ताव गरे पनि पछिल्लोचोटि राष्ट्रिय सभाको सांसद नबनाउनेदेखि मन्त्री नदिनेसम्मको खेल र षडयन्त्र रचिएको उनले बिस्तारै चाल पाएको एकथरि बताउँछन् ।

    कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालको साथ र सहयोगबिना राष्ट्रिय सभामा आफूलाई नलैजाने खेल खेलिएको ग्राण्ड डिजाइन समेत अनुभूत भएपछि गौतमले दुई दशकअघिको बिद्रोही रूप देखाएको नेताहरूको स्वीकारोक्ति छ ।

    सचिवालयभित्रको छिनाझप्टी, बहस र ‘इस्युको ग्राभिटी’ लाई हेर्दा अब नेकपाको विवाद विष्णु पौडेलले सोचेर, बादलले बोलेझैं कार्यदल या अन्य कुनै टालटुलले रोकिने देखिन्न ।

    यसरी सचिवालयबाट स्थायी समितिमा इस्यु जानै लाग्दा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई तीनवटा झट्का लागेको छ । पहिलो, पाँच जना सचिवालय सदस्यले आग्रह गर्दासमेत बैठक नै बोलाउँदिन भनेर देखाइएको अडान एक महिना नपुग्दै तोडिनु ।

    दोस्रो, प्रचण्डले पेश गर्नुभएको प्रस्ताव खारेज हुन्छ, त्यसमाथि छलफल नै हुँदैन र त्यो नहुञ्जेल बैठक बस्ने त धेरै टाढाको विषय अर्का अध्यक्षसँग भेटघाटसमेत गर्दिनँ भन्दै आएको अवस्थामा क्रमभङ्ग हुनु ।

    तमाम अडानका वावजुद प्रधानमन्त्री सचिवालय बैठकमा गई प्रचण्डको त्यही प्रतिवेदनमाथि टेकेर भए पनि ३८ पृष्ठको जवाफ दिनु । त्यो भनेको राजनीतिक भाषामा प्रचण्डको प्रतिवेदनलाई स्वीकार्नु हो ।

    त्यसैगरी सचिवालयमा प्रस्तुत प्रस्ताव र प्रतिवेदनहरूलाई स्थायी समितिमा कुनै हालतमा लैजान हुँदैन । फिर्ता हुनुपर्छ र सचिवालयबाटै समाधान गरिनुपर्छ । आफू सहमत नभएसम्म केहि हुँदैन भन्ने जुन दावी थियो त्यो पनि स्थायी समिति बैठकबाट खण्डित भएको छ ।

    किनकि शनिबारको बैठक ओली अनुपस्थित बैठकले तय गरेको थियो । त्यही निर्णयबमोजिम बसेको बैठकमा उनको उपस्थिति भएको छ । भोलिपल्ट स्थायी समितिलाई सम्बोधन गर्दै तिमीहरु बस, म आउँदिन भनेर पत्र लेखिएको छ ।

    सँधै आक्रामक स्थितिमा रहँदै आएका केपी शर्मा ओली क्रमशः रक्षात्मक अवस्थामा पुगेको विभिन्न घटनाक्रमबाट पुष्टि हुँदै गएको छ । यता, बादलको भूमिकापछि पूर्व माओवादी समूहले आफ्ना नेताहरूको वस्तुस्थितिको पुनर्मूल्याङ्कन गर्न थालेको बताइन्छ ।

    सचिवालयमा बादल सिंगो छन् भने स्थायी समितिमा उनीसँग नजिक भनेर चिनिएकाहरूमा पम्फा भुसाल र देव गुरुङको भूमिका बादलकोभन्दा एक सय असी डिग्री विपरित छ । आजको जनआस्थामा यो खबर छापिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend