रौतहट - प्रधानमन्त्री केपी ओलीले संविधान विरोधी गतिविधि विरुद्ध एक हुन आग्रह गर्दै सर्वदलीय बैठक आह्वान गरेकै दिन रौटहटमा राजसंस्था पुनस्र्थापनाको माग गर्दै प्रदर्शन गरिएको छ।
चन्द्रनिगाहपुरमा राजसंस्थाको पुनस्र्थावनाको माग गर्दै राजवादीहरुले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारिहरुले संघीयता खारेज गर्नुपर्ने, राजसंस्था पुनस्र्थापना गर्नुपर्ने, भ्रष्टहरुमाथी कारबाही गर्नुपर्ने माग राख्दै नारा लगाएका थिए।
उनीहरूले पूर्वराजा रानीको तस्बिर अंकित टिसर्ट लगाएर प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा विभिन्न पार्टीका जिल्ला स्तरका नेता तथा यूवाहरुको सहभागीता थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।