काठमाडौं - प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा जारी छ ।
बैठकमा प्रधानमन्त्री ओलीले देशमा कोरोना भाइरसको महामारी र रोकथाम, विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा तथा पछिल्लो समय देशभर राजतन्त्रका समर्थकको आन्दोलन र प्रदर्शनलाई लिएर चिन्ता जाहेर गरेका थिए ।
बैठक सुरु भएको एक घन्टा नपुग्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीचमै छाडेका छन् । उनी बैठक छाडेर बाहिर निस्केका छन् । बैठक बीचमै छाड्नुको कारणबारे उनले सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, नेता कृष्णप्रसाद सिटौला र डा. प्रकाशशरण महत बैठकमै छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।