काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा देखिएका केहि गम्भीर समस्याका विषयमा जनआन्दोलन र संविधान निर्माणमा सहभागी राजनीतिक दलहरुको एक सर्वदलीय बैठक आयोजना गर्नुपर्ने बताएका छन।
आइतबार नेकपा कार्यालयमा भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। अहिले कोरोना महामारीको कारण उत्पन्नल संकटदेखि सडकमा अहिले संविधानका मुलभूत विषयकै विरोधमा भइरहेको विरोधबारे छलफल गर्न सर्वदलीय बैठक आवश्यक देखिएको उनले बताएका छन्।
‘गणतन्त्र र संघीयताको विरोधमा सडकमा भैरहेको प्रदर्शनको विषयमा बैठकमा कुरा उठेपछि दाहालले जनआन्दोलन र संविधान जारी गर्ने दलहरुको बैठक राख्ने बताउनु भयो,’ बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले भने, ‘ठ्याक्कै मिति नभने पनि अर्को स्थायी कमिटीको बैठकअघि नै यस्तो बैठक गरिने उहाँको आशय थियो।’
तर अन्य सदस्यहरुले भने अहिले भइरहेको सडक आन्दोलनलाई धेरै महत्व दिन आवश्यकता नरहेको बताएका थिए। कोरोनाको महामारी सुरु हुने वित्तिकै पनि प्रचण्डले सर्वदलीय संयन्त्र निर्माणको विषय उठाएका थिए। तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारको काम भन्दै त्यस्तो संयन्त्रको कुनै आवश्यकता नभएको बताएका थिए। प्रधानमन्त्री ओलीको सो अभिव्यक्तिपछि सो प्रसंग सेलाएको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।