काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्तावमा छलफल गर्न नसकिने जानकारी दिएका छन् ।
स्थायी कमिटी बैठकलाई लिखित्र पत्र पठाउँदै ओलीले प्रचण्डको प्रस्तावमा छलफल गर्ने बैठकमा उपस्थित हुन नसकिने जानकारी दिएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतवार बसेको बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले ओलीको पत्र पढेर सुनाएको बताइएको छ ।
‘कमरेड ओलीले बैठकलाई पठाउनुभएको पत्र प्रारम्भमै ईश्वर पोखरेलले वाचन गरेर जानकारी गराउनुभयो । ओलीले पूर्व मान्यता अनुसार प्रचण्डको प्रस्ताव छलफल गर्न नसकिने र बैठकमा उपस्थित हुन नसकेको जानकारी गराउनुभएको थियो,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।
ओली उपस्थित नभएपछि धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले आन्तरिक गृहकार्य गर्ने भन्दै मङ्सिर २८ सम्मका लागि बैठक स्थगन गरेको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।