काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चलिरहेका बेला स्थायी कमिटी बैठक मंसिर २८ गतेसम्मको लागि स्थगित भएको छ ।
मंसिर २५ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक भने पुस ५ गतेसम्मका लागि सरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिएका छन् ।
‘पार्टी एकता बचाएर लैजान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने र गृहकार्य गरेर मंसिर २८ गते स्थायी कमिटीको बैठक फेरि बस्नेछ,’ पौडेलले भने । बैठकमा प्रचण्डले लामो सम्बोधन गरेको बताइएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीे उपस्थित भएका थिएनन् । प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईंले पार्टी कार्यालयको हल सानो भएका कारण कोरोनाले डरले ओली बैठकमा नगएका जानकारी दिएका थिए ।
‘धुम्बाराहीको हल सानो छ, त्यहाँ कोरोनाको जोखिम देखेपछि प्रधानमन्त्री जानुभएको छैन, सम्भवतः धुम्बाराहीमा हुने बैठकमा उहाँ जानुहुन्न होला,’ उनले जानकारी दिएका थिए । ओली बैठकमा नगएपनि नेपाली सेना र प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।