बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

ओली - प्रचण्डले देशलाई नै संकटमा पारेको भन्दै मंसिर २६ गते राजधानीमा भब्य शक्ति प्रदर्शन हुदैँ

ओली - प्रचण्डले देशलाई नै संकटमा पारेको भन्दै मंसिर २६ गते राजधानीमा भब्य शक्ति प्रदर्शन हुदैँ

  • मिडिया डबली
  • आइतवार, मंसिर २१ २०७७

  • 5.2K
    SHARES

  • ओली - प्रचण्डले देशलाई नै संकटमा पारेको भन्दै  मंसिर २६ गते राजधानीमा भब्य शक्ति प्रदर्शन हुदैँ

    काठमाडौं -  राष्ट्रवादी नागरिक समाजले राजसंस्था पुर्नवहालीको माग गर्दै भब्य शक्ति प्रदर्शन गर्ने भएको छ ।

    समाजले मंसिर २६ गते शुक्रबार १२ बजे रत्नपार्कमा बृहत राजावादी जनप्रदर्शन गर्ने जानकारी दिएको हो । आईतबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरेर समाजले देशव्यापी आन्दोलन अन्र्तगत राजधानीमा जनप्रदर्शन गर्न लागेको जानकारी दियो ।

    पत्रकार सम्मेलनमा राष्ट्रवादी नागरिक समाजका संयोजक चबराले राजतन्त्रको पुर्नबहालीका लागि देशव्यापी आन्दोलन अन्र्तगत २६ मंसिरमा जनप्रदर्शन गर्न लागेको बताए ।

    उनले देशमा विगत ११ बर्ष देखि राजसंस्था पुर्नवहालीको अभियान चलिरहेको समेत बताए । प्रमुख राजनीतिक दलका नेताले देशलाई कमाई खाने भाँडो बनाएको भन्दै अब देशमा राजसंस्था पुर्नवहाली ढिलो भए झन् समस्या थपिने बताए ।

    उनले भने, ‘अब राजसंस्था जतिसक्दो छिटो पुर्नवहाली गर्नैपर्छ ।’ संयोजक चबराले देशमा राजसंस्था पुर्नवहाली नभएसम्म आफूहरु आन्दोलनबाट पछि नहट्ने बताए । उनले भने, ‘यो लडाई बिदेशी दलार र भ्रष्टाचारका मतियारकोविरुद्ध हो ।’

    उनले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही भएको र प्रचण्डले देशलाई नै संकटमा पारेकोले जनताको आशा र भरोसा गुमाएको टिप्पणी गरे ।

    चबराले मंसिर २६ गते शुक्रबार १२ बजे रत्नपार्कमा सहभागी भइदिन सबैलाई अनुरोध गरे । ‘यो देशमा कोहि पनि सामन्ती छैन राजतन्त्रले नेपाली जनतालाई सामन्ती गरेको छैन, राजा कुनै सामन्ती होइन राष्ट्रको लागि राजा ल्याउन खोजिएको हो,’ उनले भने ।

    उनले पूर्व राजामाथि लगाएको आरोप झुटो भएको र अहिले बिदेशीको ईसारामा नेताहरु चलिरहेका आरोप लगाए । कार्यक्रममा बोल्दै समाजकी सहसंयोजक लक्ष्मी मल्लले दुई तिहाईको सरकार चलाएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिन २६ गतेको कार्यक्रम गर्न लागेको जानकारी दिइन् । उनले भनिन्, ‘हामीहरुले २६ गतेको कार्यक्रम केपी ओलीलाई च्यालेन्ज गर्न राखेका हौ ।’

    मल्लले राजा र राजतन्त्र सबैको साझा हो भन्दै राजतन्त्र पुःन बहाली गर्नुपर्ने जिकिर गरिन् । उनले भनिन्,‘अब देशमा ज्ञानेन्द्र शाहको नेतृत्व हुनुपर्छ ।’ प्रचण्डले १७ हजारको ज्यान मारेको जिम्मा लिन्छु भन्दाभन्दै प्रचण्डलाई मानवताविरुद्धको गम्भीर अपराधबाट जोगाइएको आरोप लगाइन ।

    उनले नेताहरुले भ्रष्टाचार गरेको आरोप लगाउँदै उक्त पैसालाई राष्ट्रियकरण गरि रोजगारी सृजना गर्नमा लगाउने बताइन् । मल्लले गणतन्त्रवादीको हारको दिन आएको र राजतन्त्रको जितको दिन आएको दाबी गरिन् । उनले राजनीतिक दलका नेताहरुलाई विदेशी दलाल भन्दै सचेत रहन चेतावनी दिइन् ।

    उनले भनिन्, ‘हिजोको माओवादीका लडाकु साथीहरुसँग हामीहरुले छलफल र समन्वय गर्दैछौ र सडक आन्दोलन तय गर्ने छौ ।’ मल्लले फागुन भित्र श्रीपेच लगाएर राजालाई नारायणहिटि लाने दाबी गरिन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend