काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टी कार्यालयको सुरक्षा व्यवस्थापन कडा बनाइएको छ ।
आज बस्ने भनिएको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरक्षा व्यवस्थापन कडा बनाइएको हो।
नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीले पार्टी कार्यालय परिसरमा सुरक्षा जाँच गरेका छन् । अन्य दिनको तुलनामा धुम्बाराहीमा आज सुरक्षा व्यवस्थापन झन् कडा बनाइएको छ ।
यसअघि मंसिर १७ गते पार्टी कार्यालयमै सचिवालय बैठक बस्ने भनिएकोमा सुरक्षाको कारण दर्शाउँदै बालुवाटारमै बसेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।