बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

नेकपामा सुरु भयो ओली–प्रचण्डबीच वारपारको युद्ध, कस्ले मार्ला बाजी ?

नेकपामा सुरु भयो ओली–प्रचण्डबीच वारपारको युद्ध, कस्ले मार्ला बाजी ?

  • मिडिया डबली
  • आइतवार, मंसिर २१ २०७७

  • 4.7K
    SHARES

  • नेकपामा सुरु भयो ओली–प्रचण्डबीच वारपारको युद्ध, कस्ले मार्ला बाजी ?

     काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच वारपारको युद्ध सुरु भएको छ। हिजो भएको सचिवालय बैठकमा ओलीको असन्तुष्टकै बीच बहुमत सदस्यले स्थायी कमिटीको बैठक आह्वान गरेसँगै नेकपा युद्धको मोडमा प्रवेश गरेको हो।

    पछिल्लो पटक सुरु भएको झण्डै दुई महिनाको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक युद्ध केपी शर्मा ओली प्रतिरोधको पहिलो पराजयसँगै निर्णायक चरणमा प्रवेश गरेको छ। शनिबार बालुवाटारमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले ओलीको इच्छा र आग्रहबिपरीत आइतबार एक बजे स्थायी कमिटी बैठक पार्टी मुख्यालय धुम्बाराहीमा गर्ने निर्णय गरेपछि ओली प्रतिरोध पराजित बन्न पुगेको छ।

    तर आइतबारको स्थायी कमिटी बैठक नराख्ने अडान लिएका ओली पहिले त त्यसमा सामेल हुने छैनन्। सामेल नै भइहालेको खण्डमा पनि ओलीले स्थायी कमिटी बैठकको निर्णयलाई मान्यता नदिने स्पष्ट संकेत दिएका छन्। उनले अध्यक्ष र प्रधानमन्त्री पद दुबैबाट राजीनामा नदिने पनि हिजोको बैठकमा दोहोर्याए। दाहाल पक्षले ओलीले एक पद छोड्नुपर्ने बटम लाइन बनाएको छ।

    यद्धपि ओलीलाई मनाएर बैठकमा सहभागी गराउने र पार्टी कमिटी बैठकको निर्णयबाट उनलाई दुबै पदबाट हटाउने प्रयास असन्तुष्ट पक्षले जारी राख्ने देखिन्छ भने उनको सुरक्षाका निम्ति उनका ‘योद्धाहरु’ पनि उत्तिकै दौडधूप गर्ने देखिन्छ। स्थायी कमिटी बैठकको विपक्षमा उभिएका ओलीले शनिबारको सचिवालय बैठकमा आइतबारको स्थायी कमिटी बैठकमा आफू नजाने, असन्तुष्ट पक्षद्धारा पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामाका लागि गरिएको माग कुनै हालतमा स्वीकार नगर्ने अडान लिए।

    तर ओलीको आक्रोश र असन्तुष्ट पक्षप्रतिको आक्षपले चर्को रुप लिँदै गर्दा स्थायी कमिटी बैठक पूर्वनिर्धारित निर्णय अनुसार आइतबार बस्ने घोषणा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरे। शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीसँग असन्तुष्ट पक्षका नेताहरु एकएक गरी भिडिरहे।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend