आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

सयौं कार्यकर्ताहरुको जुलुससहित पुल उद्घाटन स्थलमा पुगे पौडेल, चारतारे झण्डाले रंगियो तनहुँ

सयौं कार्यकर्ताहरुको जुलुससहित पुल उद्घाटन स्थलमा पुगे पौडेल, चारतारे झण्डाले रंगियो तनहुँ

  • मिडिया डबली
  • बिहिवार, मंसिर १८ २०७७

  • 13.3K
    SHARES

  • सयौं कार्यकर्ताहरुको जुलुससहित पुल उद्घाटन स्थलमा पुगे पौडेल, चारतारे झण्डाले रंगियो तनहुँ

    काठमाडौं - प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल व्यास नगरपालिकामा पर्ने बुल्दीखोलामा नवनिर्मित पुल उद्घाटनका लागि पुगेका छन् ।

    सयौं कार्यकर्ताहरुको जुलुससहित पौडेल पुल उद्घाटनका लागि पुगेका हुन्। बुधबार प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपछि पुल उद्घाटन रोकिएको थियो । प्रहरीले नियनत्रणमा लिएर बेलुकी मात्र पौडेललाई छाडेको थियो ।

    पौडेलले रिहा भएलगत्तै आज पुल उद्घाटन गर्ने बताएका थिए । नेकपा कार्यकर्ता र प्रशासनको अवरोधपछि कांग्रेस कार्यकर्ताहरु आक्रोसित बनेका छन् ।

    बिहिबार पुल उद्घाटनका सहभागि हुनका लागि गाउँगाउँबाट कांग्रेसका सयौं कार्यकर्ताहरु आएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् ।

    अहिले विभिन्न ठाउँबाट नारा जुलुससहित पुल उद्घाटतर्फ कांग्रेस कार्यकर्ताहरु अघि बढिरहेका छन् । तनहुँमा यतिबेला चारतारे झन्डले पुरै रङ्गिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend